कर्णाली-सुर्खेत-२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ।
निर्वाचन आयोग नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार समानुपातिकतर्फ रास्वपाले ३३ हजार ६९९ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले १४ हजार ३२० मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।
समानुपातिकतर्फ नेकपा ९एमाले०ले १२ हजार ६२, नेपाली कम्युनिष्ट पार्टीले चार हजार २८९, श्रम संस्कृति पार्टीले दुई हजार २७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १२५ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो ।
एक लाख २८ हजार ४६७ कूल मतदाता रहेको उक्त क्षेत्रमा ७३ हजार ११३ मत खसेको थियो । ७० हजार ४४२ मत सदर हुँदा दुई हजार ६७१ मत बदर भएको र समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरूले भाग लिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।






प्रतिक्रिया