अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम-२ मा एमालेका यज्ञ बोगटी निर्वाचित

अछाम-२ मा एमालेका यज्ञ बोगटी निर्वाचित


काठमाडौं-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम-२ मा नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगका अनुसार, एमालेका बोगटी ४७२ मतान्तरले निर्वाचित हुनुभएकाे हाे। उहाँले ९ हजार ५१८ मत प्राप्त गर्नुभएकाे छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्प शाहले ९ हजार ४६ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भुपदेव शाहले ४ हजार ५६२ र नेकपा (माओवादी)का ५५८ मत प्राप्त गर्नुभएकाे छ।