काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने जनाएकाे छ।
हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ। रास्वपा अब एक क्षेत्रमा अगाडि छ। समानुपातिकतर्फ भने रास्वपाले ३६ लाख ५० हजार २१ मत पाएको छ।
दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट जितेको छ भने समानुपातिकतर्फ १२ लाख ३० हजार ३६२ मत पाएको छ ।
प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जितेको छ। समानुपातिकमा एमालेले १० लाख ४० हजार १६८ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्ष सात सिट जित्दा समानुपातिकमा ५ लाख ३४ हजार १५६ मत पाएको छ ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन क्षेत्र जितेको छ भने समानुपातिकतर्फ दुई लाख ३९ हजार ७२ मत पाएको छ ।






प्रतिक्रिया