काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिनुभएकाे छ।
सोमबार आफ्नो क्षेत्रको मतदाताहरुसँग भेटघाट गर्दै उहाँले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताउनुभयाे । मत र विश्वासको कदर देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनु भएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनैपनि हालतमा असफल हुने छुट छैन । तर म के विश्वास दिलाउन चाहन्छु भने तपाईले दिनुभएको मत वा अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने छौं ।’
रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको बताउनुभयाे। संसदमा रास्वपाको उल्लेखनीय संख्या भएकाले पूराना काम नलाग्ने कानुन खारेज गर्ने र नयाँ कानुन आवश्यकता अनुसार बनाउन कसैले रोक्न नसक्ने दाबी गर्नुभयाे।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।






प्रतिक्रिया