काठमाडौँ-नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले २०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आएको पार्टीको नतिजालाई लिएर आफूहरू ‘मरेको नभई ढलेको मात्र’ भएको बताउनुभएको छ।
उपमहासचिव भट्टराईले सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नुपर्ने बताउनुभएको छ।
उपमहासचिव भट्टराईले भन्नुभएकाे छ, ‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ।’
संयम र धैर्यताका साथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिँड्न भट्टराईले एमालेजनलाई अपिल गर्नुभएकाे छ।







प्रतिक्रिया