अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुभएकाे छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार नेता बालेनले झापा ५ को प्रतिनिधि सभा चुनावमा भएको खर्च विवरण आज निर्वाचन आयोगलाई बुझाउनु भएकाे हाे ।

 विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको नेता बालेनले बुझाएको विवरणमा उल्लेख छ। सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत २ लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ ।