काठमाडौँ-गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ।
काठमाडौँ उपत्यका र तराईका भूभागमा भने बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ। महाशाखाले जारी गरेको पूर्वानूमान अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ। बदलिँदो मौसम र वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।






प्रतिक्रिया