काठमाडौं-माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सोमबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेकाले १८ सांसद चुन्न माघ ११ गते निर्वाचन भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए।
मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए।











प्रतिक्रिया