अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकतर्फ ९२ लाख मत गणना हुँदा कुन दलको मत कति ?

समानुपातिकतर्फ ९२ लाख मत गणना हुँदा कुन दलको मत कति ?


काठमाडौं-२०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ९२ लाख ९९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४८.३१ प्रतिशत मत प्राप्त गरेको जनाएकाे हाे।

यस्तै, नेपाली कांग्रेसले १६.१६ प्रतिशत, नेकपा एमालेले १३.५५ प्रतिशत मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले ७.२७, श्रम संस्कृति पार्टीले ३.४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२३ प्रतिशत मत प्राप्त गरेको छ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४४ लाख ४४ हजार ५१० मत समानुपातिकतर्फ प्राप्त गरेको छ। नेपाली कांग्रेसले १४ लाख ८६ हजार ४०३ मत प्राप्त गरेको छ।

नेकपा एमालेले १२ लाख ४६ हजार १९२ मत प्राप्त गरेको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ६९ हजार १३०, श्रम संस्कृति पार्टीले ३ लाख १८ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र  पार्टीले दुई लाख ९७ हजार २०१ मत पाएको छ ।

जनता समाजवादी पार्टीले अहिलेसम्म समानुपातिकमा एक लाख ४२ हजार ६९९ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३९ हजार ३४५ मत पाएको छ ।