धनकुटा- प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणनामा धनकुटा जिल्लाबाट नेकपा (एमाले) पहिलो दल बनेको छ।
निर्वाचन आयोगका अनुसार एमालेले १६ हजार ५३७ मत प्राप्त गर्दै जिल्लामा पहिलो स्थान हासिल गरेको हो।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १४ हजार ७ सय ७९ मतसहित दोस्रो स्थानमा रहेको छ। यसैगरी, श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ भने नेपाली कांग्रेस ८ हजार ६ सय ५१ मतसहित चौथो स्थानमा रहेको छ।
निर्वाचन आयोगका अनुसार जिल्लाभरको मतगणना सकिएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो।






प्रतिक्रिया