अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित

इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित


इलाम-इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। उनी २४ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजयी भएका हुन्।

श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: कांग्रेस उम्मेदवार राईले जित निकाले हुन् ।

राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा अन्तमा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थानमा रोकिए । यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ स्थानमा रहे ।

निर्वाचित निश्कल ३५ वर्षे युवा हुन्।