अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन थापा

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन थापा


काठमाडौं-नेपाली काँग्रेसका सभापति गगन थापा राजीनामा दिने मनस्थितिमा पुगेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर परिणामपछि राजीनामा दिने मनस्थितिमा उनी पुगेका हुन् ।

सभापति गगन थापाले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापतिबाट राजीनामा दिने बताएका छन्।

नयाँ बानेश्वरमा जारी भेटवार्तामा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन्। पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने थापाको धारण थियो।

‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ उनले छलफलमा भनेका उपसभापति शर्मा सचिवालय स्रोतले जनायो । 

उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचनको परिणामलाई केवल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।

‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो। तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेषमहाधिवेशनबाट आएको कार्यसमिति,’ शर्माको भनाइ छ।

नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थामा आएको परिणामलाई लिएर राजीनामा गर्न नपर्ने बरु सूक्ष्म रूपमा समीक्षा गरेर स्थिति सम्हाल्दै अघि बढ्नुपर्ने उनको धारणा छ ।