काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५३ हजार ३७७ मतगणना भएको छ ।
यही २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ६ बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा एमालेले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार २२ मत प्राप्त गरेको छ ।
मतगणना जारी छ ।






प्रतिक्रिया