संखुवासभा- सङ्खुवासभा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका डा.अर्जुनकुमार कार्की विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा यसपटक एक लाख १९ हजार ६३० मतदाता रहेकामा ६३ हजार ६३४ मत खसेको थियो । बिहीबार भएको निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा थिए ।






प्रतिक्रिया