अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापालाई चन्द्र भण्डारीको सुझाव– राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो

गगन थापालाई चन्द्र भण्डारीको सुझाव– राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो


काठमाडौं-नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यो राजीनामा दिने नभई  जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसका सभापति गगन थापा नैतिकताका हिसालबे यो पदबाट राजीनामा दिने विचारमा रहेका बेला पार्टीका नेता भण्डारीले मंगलबार सामाजिक सञ्जालमार्फत त्यसो नगर्न सुझाव दिएका हुन्। 

नेता भण्डारीले सभापति गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् ।

नेता भण्डारीले लेखेका छन्, ‘राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समय सापेक्ष बाटो हो।’

भण्डारीले समस्या देखेर भाग्नुभन्दा पनि उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको भएको उल्लेख गरे । नेता भण्डारीले भने, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो ।’

उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैंमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताए । यस्तो बेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ।

उनले थप भनेका छन्–’ नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ—यदि इच्छाशक्ति र साहस छ भने।’