काठमाडौं-अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। निर्वाचन सकिएसँगै अर्थममन्त्री खनालले मंगलबार आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमा बुझाएका हुन् उनले आज अर्थ मन्त्रालयको प्रशासनमा DA 0002710 नम्बरको राहदानी फिर्ता गरेका छन्।
अर्थममन्त्री खनालले सामाजिक सञ्जालमार्फत आफूले अर्थमन्त्रीका रुपमा पाएको कूटनीतिक राहदानी फिर्ता गरेको उल्लेख गरेका छन्। उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पठाएको पत्रमा भनेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।’
सरकारी पदमा रहेका व्यक्तिलाई कार्यकालको अवधिमा कूटनीतिक वा सेवा राहदानी उपलब्ध गराइने व्यवस्था हुन्छ। पदबाट बाहिरिँदा वा प्रयोग समाप्त भएपछि त्यस्ता राहदानी सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ।






प्रतिक्रिया