अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा

दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा


झापा-झापाको दमक क्षेत्रमा पछिल्लो समय होटल तथा आतिथ्य व्यवसायमा लगानी बढ्दै गएको देखिएको छ। यसैक्रममा दमक नगरपालिका–४ स्थित मावा पुल नजिकै एक सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। झापाली युवा व्यवसायी टिका बस्नेतले करिब साढे तीन करोड रुपैयाँको लगानीमा ‘होटल कोजी होम सञ्चालनमा ल्याएको हो।

नयाँ होटल सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै दमक क्षेत्रको होटल व्यवसाय थप सक्रिय बन्दै गएको छ। व्यवसायी बस्नेतका अनुसार होटलमा हाल १५ वटा व्यवस्थित कोठा रहेका छन्। यहाँ बसोबासका लागि आवश्यक आधारभूत सुविधासँगै खानपानको पनि राम्रो व्यवस्था गरिएको छ।

होटलमा स्वच्छ तथा पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन सुरु गरिएको बस्नेतले बताउनुभयो । होटलमा अहिलेनै केही स्थानीय युवायुवतीले रोजगारी पाईसकेका छन् भने आगामी दिनमा सेवा विस्तारसँगै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

विशेषगरी पूर्व–पश्चिम राजमार्ग नजिक पर्ने भएकाले यात्रु तथा पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । दमक हुँदै यात्रा गर्ने आन्तरिक पर्यटक तथा व्यापारिक प्रयोजनका लागि आउने पाहुनालाई सहज बसोबास उपलब्ध गराउने उद्देश्यले होटल स्थापना गरिएको सञ्चालकको भनाइ छ।

होटलमा बसोबास र खानपान सुविधासँगै आधुनिक सेवाहरू पनि विस्तार गर्ने तयारी गरिएको छ। विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै होटल परिसरमा ई–भेहिकलका लागि चार्जिङ स्टेशन स्थापना गर्ने काम समेत भइरहेको बताइएको छ। यसले यात्रुहरूलाई थप सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।

स्थानीय व्यवसायीहरूका अनुसार पछिल्लो समय दमकमा व्यापार, सेवा र आवाससँग सम्बन्धित पूर्वाधार विस्तार हुँदै गइरहेको छ। नयाँ–नयाँ होटल, रेष्टुरेन्ट तथा सेवा केन्द्रहरू खुल्न थालेपछि आर्थिक गतिविधि समेत बढ्दै गएको छ।

यसैबीच, मावा पुल आसपासको क्षेत्रमा सुबिधासम्पन्न होटल सञ्चालनमा आएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीका अवसरहरू पनि विस्तार हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि नयाँ लगानीले क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।