रुकुम पश्चिम-रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार दुई बालिकाको शव फेला परेको छ ।
उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा फेला परेको रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार, १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको अन्तरमा फेला परेको हो । उनीहरू सोमबार छिमेकीको विवाहमा गएका थिए । घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए ।






प्रतिक्रिया