अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अबको प्रधानमन्त्री बालेन साह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैनः राजु पाण्डे

अबको प्रधानमन्त्री बालेन साह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैनः राजु पाण्डे


काठमाडौं-२०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित रास्वपा सांसद राजु पाण्डेले बालेन साह प्रधानमन्त्री बनाउन आनाकानी गरिए राम्रो नहुने भन्दै नेताहरुलाई जे पायो त्यहि नबोल्न चेतावनी दिएका छन्।

संचारकर्मीसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको सहमति विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई चेतावनी दिएका हुन् ।

पाण्डेले डिपी अर्यालप्रति लक्षित गर्दै भने– ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन । हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । चाहिने नचाहिने भन्ने छुट छैन ।’