अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख

एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख


 काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही–२ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन्। मंगलबार उपाध्यक्ष पौडेलले  निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका हुन्।

निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण सार्वजनिक गर्दै  उपाध्यक्ष पौडेलले चुनावमा २८ लाख ७ हजार एक सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

पौडेलले सार्वजनिक गरेको खर्च विवरणमा मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धनमा आठ लाख ९७ हजार २७५, छापा तथा विद्युतीय प्रचार सामग्रीमा आठ लाख ३४ हजार रुपैयाँ, गोष्ठी र कार्यकर्ता परिचालनमा ५५ हजार, अन्तरक्रियामा ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै एसएमएसमा एक लाख ७५ हजार, प्रतिनिधि परिचालनमा २६ हजार पाँच सय, कार्यालय सञ्चालनमा दुई लाख ६४ हजार र विविध शीर्षकमा दुई लाख २२ हजार ३२५ रुपैयाँ खर्च भएको उल्लेख गरिएकाे छ ।

पौडेल रूपन्देही–२ मा उम्मेदवार रहेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुलभ खरेलसँग पराजित भएका थिए । खरेलले ५६ हजार ५५० मतसहित जित निकाल्दा पौडेल १२ हजार ८६१ मतमा रोकिएका थिए ।