काठमाडौं-प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ। हालसम्म एक करोड १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ। यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको थियो।
प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाएको छ । अब भने केही मतगणना मात्रै बाँकी छ ।
रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांगेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४ हजार ३१ चौथौ भएको नेकपाले लाख ३ हजार ६२७ मत पाएको छ ।
पाँचौ भएको संकृति पार्टीले ३ लाख ७ हजार ५७ मत पाउँदा छैटौं स्थानमा थ्रेसहोल्ड कटाएको । राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ । समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ ।
प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ । यसअघि राष्ट्रिय दल बनेका थ्रेसहोल्ड कटाएरका मधेशवादी दलहरु भने यसपट निकै पछि पेरेका छन् । जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजा ४९७ मत पाएको छ ।






प्रतिक्रिया