अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोलामा दुई हजारले बढ्यो सुनको भाउ

तोलामा दुई हजारले बढ्यो सुनको भाउ


काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो ।

यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनमा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएकामा आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।