अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता ?

कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता ?


काठमाडौं- २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्। जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् ।

यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ। यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो । यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राष्ट्रिय दलको मान्यता कायम राखेका छन्।

यी दलहरू अघिल्लो प्रतिनिधिसभामा पनि राष्ट्रिय दलका रूपमा रहेका थिए।