सिरहा-सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको अधिवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । यसबारेमा थप जानकारी लिने काम प्रहरीले गरिरहेको उनले बताए । अहिले कसले किन बम विस्फोट गरायो भन्ने बारेमा सरोकारवाला निकायहरूले छलफल गरिरहेको उनले बताए । विस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






प्रतिक्रिया