काठमाडौं – परराष्ट्र मन्त्रालयले मध्यपूर्वका देशको ‘ट्रान्जिट’मा रहेका नेपालीको उद्धार गर्न त्यहाँ रहेका हरेक नेपाली नियोगलाई १०\ १० लाख रुपैयाँ सहयोग गर्न सरकारसँग माग गरेको छ । परराष्ट्र मन्त्रालयले हिजो पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
“हरेक नियोगको लागि १० लाख रुपैयाँ बजेट मागिएको छ । यो तत्कालको लागि हो । ट्रान्जिटमा रहेका नेपालीको उद्धारको लागि र अरु अत्यावश्यक काम गर्न,” परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले भने ।
मध्यपूर्व तथा खाडी क्षेत्रका युनाइटेड अरब इमिरेट्स यूएईको अबुधाबी र दुबई, साउदी अरेबियाको रियाद र जेद्दा, कुवेत, बहराइन, ओमान, कतार, इजिप्ट र इजरायलमा नेपाली नियोग रहेका छन् ।
अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा फैलिएपछि त्यहाँ रहेका १७ लाख २९ हजार नेपाली अहिले त्रासमा छन् । मध्यपूर्वमा रहेका पाँच हजार जति नेपालीले आफूहरू असुरक्षित रहेको बताएका छन् ।






प्रतिक्रिया