हेटौंडा । बागमती प्रदेशको प्रशासनिक संरचनालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले गठित पूर्वसचिवको विज्ञ टोलीले प्रदेश सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उच्चस्तरीय प्रदेश प्रशासनिक पुन:संरचना निर्देशक समितिका संयोजक तथा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
प्रदेश प्रशासनिक पुनःसंरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिका संयोजक तथा नेपाल सरकारका पूर्वसचिव विमल वाग्लेले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । अध्ययन समितिमा पूर्वसचिव रेश्मीराज पाण्डे, गोपीकृष्ण खनाल र जिवनप्रभा लामा सदस्यका रूपमा रहेका छन् भने प्रदेश सचिव पूर्णबहादुर दर्जी सदस्य सचिवको जिम्मेवारीमा रहेका छन् ।
समितिले प्रदेश सरकारको प्रशासनिक संरचनाको अध्ययन गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, संरचनागत सुधार गर्ने तथा प्रशासनिक कार्य प्रणालीलाई चुस्त बनाउने विषयमा विभिन्न सुझाव प्रतिवेदनमा समेटेको जनाएको छ ।






प्रतिक्रिया