अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाडी क्षेत्रको युद्धले भविष्यमा भूराजनीतिक संकट निम्त्याउन सक्छ: एमाले महासचिव पोखरेल

खाडी क्षेत्रको युद्धले भविष्यमा भूराजनीतिक संकट निम्त्याउन सक्छ: एमाले महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धको तनावले भविष्यमा भूराजनीतिक संकट निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले सो चिन्ता व्यक्त गरेका हुन् ।  

महासचिव पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन् । महासचिव पोखरेलले सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको उल्लेख गरेका छन् । 

महासचिव पोखरेलले यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक रहेको बताएका छन् । साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्ने बताएका छन् ।

‘साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन्, ‘अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैन; यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ। गम्भीर बनौँ, सजग बनौँ ।’