अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरका आठ जना जनप्रतिनिधिको आग्रह : गगन थापाले राजिनामा नगर

ललितपुरका आठ जना जनप्रतिनिधिको आग्रह : गगन थापाले राजिनामा नगर


काठमाडौं – ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजिनामा नदिन आग्रह गरेका छन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन सहितका जनप्रतिनिधिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ ।
जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णत नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन् ।


विज्ञप्तीमा आठ जना जनप्रतिनिधीले हस्ताक्षर गरेका छन् । यसरी हस्ताक्षर गर्नेहरुमा महर्जन सहित जिल्ला समन्वय समितीका प्रमुख ऋषीदेव फूयाँल,गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन ,महांकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी छन् । यसैगरी यस्तै महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन,गोदावरीकी उपप्रमुख मुना अधिकारी,कन्जोस्योम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे लगायत छन् ।