अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता सूर्य थापाको चुनाव खर्च कति ?

एमाले नेता सूर्य थापाको चुनाव खर्च कति ?


काठमाडौं- प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले नेता सूर्य थापाले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

नेता थापाले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका हुन् । नेता थापाले आफ्नो अनुमतिमा भएको कुनै खर्च रकम भुक्तानी गर्न/हुन बाँकी रहेको खण्डमा अविलम्ब सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

नेता थापाले चुनावमा २४ लाख १० हजार खर्च गरेको विवरणमा उल्लेख छ। थापाले ४ लाख ५० हजार बढी खर्च इन्धनका लागि मात्रै गरेका छन् ।