अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बन्ने नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल

अब बन्ने नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन्।

बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताएका हुन्।

स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले अहिले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए। 

अध्यक्ष ढकालले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने स्पष्ट पारे। ढकालकाअनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ। बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अबको सरकारले लिनुपर्ने समेत अध्यक्ष ढकालले बताए। 

‘एउटा स्थायी सरकार चहियो जुन सरकारले स्थिर नीति ल्याउन सकोस् भन्ने निजी क्षेत्रले धेरै पहिलैदेखि उठाउँदै आएको विषय थियो। अहिले करिब करिब दुई तिहाईको सरकार आएको छ। निजी क्षेत्रका इस्युहरूलाई रास्वपाको वाचापत्रमा पनि उल्लेख गरिएको छ। निजीक्षेत्र मैत्री प्रतिवद्धताहरू रास्वपाले वाचापत्रमा गरेको छ। अब ती प्रतिवद्धताहरू इमानदारीपूर्वक लागू हुनुपर्छ। ती प्रतिवद्धताहरू लागू भयो भने छोटो समयमा धेरै काम गर्न सकिन्छ। आगामी दिनमा नीतिहरू बनाउँदा स्थायी नीतिहरू बनाउनुपर्छ। बाह्य र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेका खालका नीतिहरू बनाउनुपर्छ।’