काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटी बैठक जारी रहेकोमा थापा बैठकमा बोल्दा बोल्दै ढलेका थिए। जिल्ला कमिटीको बैठकस्थलमै उनको हृदयाघातका कारण निधन भएको मनिपाल शिक्षण अस्पतालले जनाएकाे छ।
उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे ।
उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।






प्रतिक्रिया