काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीटजरल्यान्ड गग्लीएल्मो एरेना नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राई र एरेनाले नियुक्ति पत्रमा हस्ताक्षर गरेका छन्।
एरेनाको सम्झौता १ मार्चदेखि २०२७ फेब्रुअरी अन्तिमसम्म हुनेछ। एरेना यसअघि लाओसको यू-२३ टोलीको केयरटेकरको भुमिकामा थिए।
नेपालको मुख्य प्रशिक्षकका लागि ७ सयभन्दा बढीले आवेदन दिएका थिए। त्यसमध्ये उनी छनोट भएका हुन्।
एरेनाको प्रशिक्षणमा नेपाली टोलीले पहिलो खेल हङकङविरुद्ध खेल्नेछ। यो खेल मार्च २६ मा त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।








प्रतिक्रिया