अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
पोखरामा आज पार्टीको निर्वाचन समिक्षा बैठकमा मन्तव्यका क्रममा बेहोस हुनुभएको थियो । मणीपाल अस्पताल पुर्याए लगत्तै उहाँलाई डाक्टरले मृत घोषणा गरेका थिए । थापासँग आफ्नो ४३ वर्ष पुरानो मित्रता भएको अध्यक्ष ओलीले स्मरण गर्नुभएको छ । ‘मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्य मात्र होइन २०३९ साल देखिको साथी हुनुहुन्थ्यो’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘निरंकुश व्यवस्थाका विरुद्ध जेल जीवनको क्रममा मलाइ पोखरा कारागार सारिदाको समय देखिका मेरा मित्रको निधनले मर्माहित छु ।’
अध्यक्ष ओलीले थापाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकमा रहनु भएका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
थापा २०५४ सालमा पोखराको मेयर हुनुुहुन्थ्यो । २०७४ सालमा प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । २०७९ को स्थानीय तहको निर्वाचनमा पनि उहाँ पोखरा महानगरको मेयरमा प्रतिष्पर्धा गर्नुभएको थियो ।