अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरी सहित रुख ढलेर किच्दा झापामा एक किशोरीको मृत्यु

हावाहुरी सहित रुख ढलेर किच्दा झापामा एक किशोरीको मृत्यु


झापा- झापामा हुण्डरीले रुख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु भएको छ।

गएराति नौबजे हल्दीबारी गाउँपालिका २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको ढलेको रुखले थिच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमा सुती रहेको अवस्थामा वर्षासहित आएको ठूलो हावाहुरीले घर नजिकै रहेको आँपको रूख ढल्दा आरती किचिएकी थिइन् ।

रुखले किच्दा किशोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रुख बजारिँदा राजबंशीको घर पनि भत्किएको छ।