काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । ओलीको अन्तिम दाहसंस्कार दिउसो १२ बजे पशुपति आर्यघाटमा गर्ने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।






प्रतिक्रिया