अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले‍ अध्यक्ष ओलीका बुवा मोहनप्रसादको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

एमाले‍ अध्यक्ष ओलीका बुवा मोहनप्रसादको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त


काठमाडौं-नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनले आफूलाई दुःखी बनाएको बताएका छन् ।

‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनले दुःखी बनाएको छ। बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपीजी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु्’ (नेकपा संयोजक प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अध्यक्ष ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। अध्यक्ष ओलीका पिताको अन्तिम दाहसंस्कार दिउसो १२ बजे पशुपति आर्यघाटमा गर्ने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।