काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पार्थिव शरीर भक्तपुरकाे गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पतालबाट निकालिएको छ।
पिताको निधनपछि पत्नी राधिका शाक्यसहित अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन्। अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।


















प्रतिक्रिया