काठमाडौं-पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अध्यक्ष ओलीका पिताको शुक्रबार दिउँसो आज पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। आर्यघाटमा अध्यक्ष ओलीले आफ्ना पिताको पार्थिव शरीरमा दागबत्ती दिनुभएको हो।
पूर्वप्रधानमन्त्री ओलीका पिता ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो । पिता ओलीको पार्थिव शरीरमा ज्येष्ठ पुत्र अध्यक्ष ओलीले दागबत्ती दिनुभयो।
दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जलि दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रपति रामचन्द्र पौडेलका छोरी अवज्ञा पौडेल, एमालेका उपाध्यक्षहरु विष्णुप्र्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेकपा एमालेका महासचिव सिपी मैनाली, नेकपा ९संयुक्त०का नेता घनश्याम भुसाल, एमालेका विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
अन्त्येष्टिमा विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले शोक व्यक्त गर्नु भएको छ।
मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया