अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त


काठमाडौँ-रास्वपाका सभापति रवि लामिछानले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति दुःख व्यक्त गर्नुभएकाे छ।

सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जलि दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै दुःखद घडीमा दिवङ्गत पिताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ,’ सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

पूर्वप्रधानमन्त्री ओलीका पिता ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो । 

दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।