अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसबाटको-को बन्दै छन् समानुपातिक सांसद ?

कांग्रेसबाटको-को बन्दै छन् समानुपातिक सांसद ?


काठमाडौं-प्रतिनिधिसभा चुनाव २०८२ मा सार्वजनिक समानुपातिक मतपरिणाम अनुसार कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये नेपाली कांग्रेसले १६.२३ प्रतिशत अर्थात् १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको छ।

यस परिणामसँगै कांग्रेस संघीय संसदमा दोस्रो ठूलो दल बनेको छ। कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ। यसरी प्रतिनिधिसभामा कांग्रेसका जम्मा ३८ सांसद रहने भएका छन्।

समानुपातिकतर्फ प्राप्त २० सिटमा संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन कांग्रेसले १५ जना महिला पठाउनुपर्ने देखिएको छ भने ५ जना मात्रै पुरुष पठाउन सक्नेछन् ।

निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीका आधारमा कांग्रेसले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व पठाउनुपर्ने हुन्छ ।

कांग्रेसमा समानुपातिकतर्फका २० जना सांसद छनोटको गृहकार्य भइरहेको छ। 

निर्वाचन आयोगले २०८२ फागुन २८ गते बिहीबार समानुपातिकतर्फ ३ प्रतिशत (थ्रेसहोल्ड) कटाएका दलले पाउने सांसदको सिट संख्या तोकेपछि कांग्रेसले सांसद छनोट गर्न लागेको हो।

कांग्रेसका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार २० जनामा निर्वाचन आयोगले क्लस्टर छुट्याएर पाएको छ।

खस–आर्यतर्फ ३०.२८ प्रतिशत अर्थात ६ जना पठाउनुपर्ने हुन्छ। खस-आर्य महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया र गंगा शाही सांसद बन्ने सम्भावना बलियो छ। पुरुषतर्फ एक नम्बरमा रहेका अर्जुननरसिंह केसी सांसद हुने-नहुने अन्य क्लस्टरबाट आउने महिलाको संख्यामा भर पर्नेछ।

आदिवासी जनजातितर्फ २८.७२ प्रतिशत अर्थात ६ जना पठाउनुपर्ने देखिएको छ। आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको सम्भावना बलियो छ भने मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव आउने सक्नेछन्। 

थारू र मुस्लिममा एक-एक जना उम्मेदवारको नाम बन्दसूचीबाट छान्न आयोगले कांग्रेसलाई पठाएको पत्रमा उल्लेख छ। जसमा एक जना पीछडिएको क्षेत्रमा समेट्नुपर्नेछ। 

मधेशी समूहबाट १६.१५ प्रतिशत अर्थात ३ जना पठाउनुपर्नेछ। यसमा पुरुषतर्फ पहिलो नम्बरमा रहेका चन्द्रमोहन यादव समेटिने सम्भावना छ। उनी पूर्वराष्ट्रपति राम वरण यादवका छोरा हुन्। बाँकी दुई जना महिला पठाइने देखिएको छ।

दलित समूहबाट १३.४ प्रतिशत अर्थात ३ जना पठाउँदा पुरुषतर्फ पहिलो नम्बरमा रहेका मानबहादुर नेपाली समेटिने सम्भावना छ । उनी दलित आयोगका पूर्वअध्यक्ष हुन् । बाँकी दुई जना महिला रहनेछन् ।

थारू र मुस्लिममा एक-एक जना उम्मेदवारको नाम बन्दसूचीबाट छान्न आयोगले कांग्रेसलाई पठाएको पत्रमा उल्लेख छ। जसमा एक जना पीछडिएको क्षेत्रमा समेट्नुपर्नेछ। 

कांग्रेसको बन्दसूचीमा पीछडिएको क्षेत्रका दुई जना महिला र दुई जना पुरुषको नाम छ। उनीहरू ४ जनामध्ये एक जनाको नाम छानिने छ।

विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन्।

दलितबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली निर्वाचित हुने सम्भावना छ। थारूबाट निर्वाचित हुनेमा एक जना प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट निर्वाचित हुनेमा एक जना शाहजान खातुन छन्।  

बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्म नाम पठाउने गरी पार्टीमा छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताउनुभयो। अहिले समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको उहाँले बताउनुभयो।

आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न तीन दिन समय दिएर पत्राचार गरिसकेको छ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार दलहरूले पठाएको उम्मेदवार मिले-नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ।

खस आर्यबाट निर्वाचित हुने ६ जना
सुशीला ढकाल
रुक्मिणीदेवी कोइराला
रीना उप्रेती
सीता थपलिया
गंगा शाही
अर्जुननरसिंह केसी

आदिवासी जनजातिबाट निर्वाचित हुने ६ जना
गीताकुमारी सेन्दाङ
गंगालक्ष्मी अवाल
गीता गुरुङ
रेनुका काउचा
सुनिताकुमारी सुवेदी
भीष्मराज आङ्देम्बे

मधेशीबाट निर्वाचित हुने ३ जना
निनुकुमारी कर्ण
रेखाकुमारी यादव
चन्द्रमोहन यादव

दलितबाट निर्वाचित हुने ३ जना
हरिनादेवी कामी
पवित्रा विक
मानबहादुर नेपाली

थारूबाट निर्वाचित हुने एक जना
प्रमिलाकुमारी गच्छदार

मुस्लिमबाट निर्वाचित हुने एक जना
शाहजान खातुन