पोखरा-हृदयघातका कारण २०८२ फागुन २८ गते बिहीबार निधन भएका नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णबहादुर थापाको पार्थिव शरीरलाई एमाले कास्कीको पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिइएको छ।
एमालेसहित विभिन्न दलका शीर्ष नेताहरू श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका छन्। सो क्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीले असल योद्धा गुमाएको बताए । पोखरा र पार्टीका लागि थापाको योगदान बिर्सन नसकिने उनले सुनाए ।
थापाको आजै अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले कास्कीले जनाएको छ ।






प्रतिक्रिया