अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन प्रधानमन्त्री बन्ने बाटो खुलाउन रास्वपा सचिवालय बैठक बस्दै

बालेन प्रधानमन्त्री बन्ने बाटो खुलाउन रास्वपा सचिवालय बैठक बस्दै


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (शनिबार) बस्न लागेकाे हाे।

 बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए।

समानुपातिक सांसद छनोटमा केन्द्रित हुने बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ।