अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक

एमालेले टुंगो लगायो समानुपातिक सांसद (सूचीसहित)

एमालेले टुंगो लगायो समानुपातिक सांसद (सूचीसहित)


काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक उम्मेदवारको टुङ्गो लगाएको हो। 

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयाे । उहाँले आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरिएको जनाकारी दिनुभयाे । 

त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन् । थारुतर्फ कृपाराम राणा रहेका छन् भने दलिततर्फ विष्णुमाया विक र निता घतानीको नाम सिफारिस भएको छ। 

त्यस्तै, मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) रहेका छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेका उपमहासचिव भट्टले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘आज सचिवालयको चौथो बैठक हाम्रो उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्यो र अध्यक्षलाई पितृ शोक भएको कारणले अध्यक्ष त्यहाँ अध्यक्षता गर्नुभएन र त्यहाँ दुई वटा प्रस्ताव थियो । एउटा समानुपातिकको निर्णय र दोस्रो शोक प्रस्ताव र समानुपातिकको निर्णय क्लस्टर अनुसार अब सिफारिस भएको छ । बैठकले  १६ जनाको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय भएको छ ।’ 

जनजाति (४ जना)

महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
• गुरु प्रसाद बराल
• डा. पुष्पराज कंडेल

थारु (१ जना)

• कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :
• विष्णुमाया बिक
• नीता घतानी

मधेसी (३ जना) महिला

महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :
• साजिदा सिद्दीकी