काठमाडौं – गोरखामा हिजो भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित करनटारमा मनकामनाबाट दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा सातजनाको मृत्यु भएको हो ।
गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा चालकसहित १४ जना सवार रहेकोमा पाँच पुरुष र दुईजना महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । सातजना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि आबुँखैरेनीतर्फ पठाइएको छ ।
उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२९ गुल्म गोरखाबाट सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।






प्रतिक्रिया