काठमाडौं – प्रतिनिधिसभामा समानुपातिक तर्फको अन्तिम नामावली टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक विविध कारणले आजका लागि सारिएको हो ।
प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज बैठक बस्ने जानकारी गराएका छन् । सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।
प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।






प्रतिक्रिया