काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्रीको इमेल समावेश गरेका छन् । आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल [email protected] नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याएसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।
निर्वाचन आयोगको पूर्ण नतिजा सार्वजनिक भइसकेकोले छिटै नयाँ सरकार गठन हुन गइरहेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह मन्त्री छनोटमा व्यस्त छन् ।







प्रतिक्रिया