काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन बैठक केहीबेर अघि सुरु भएको हो।
बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल तरिकाबाट जोडिएका छन् ।
आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ ।






प्रतिक्रिया