काठमाडौं-रुकुम पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवमाथि निर्वाचन प्रहरी भर्नासम्बन्धी विवादपछि छानबिन प्रक्रिया सुरु गरिएको छ।
यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीबारे ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानबिन थालेको हो । छानबिनका लागि एसपी पुष्प मल्लको नेतृत्वमा समिति गठन समेत गठन गरिएको छ।
रुकुम पूर्वमा अहिले डीएसपी केशव ज्ञवालीलाई खटाइएको छ। ज्ञवाली लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । डीएसपी यादव बाराका स्थानीय हुन् । निर्वाचन प्रहरीमा भर्ना गर्न उनले बाराबाट ३ जनालाई रुकुम पूर्व बोलाएका थिए ।
उनीहरूलाई भर्ना गरेर तालिम नगराएको र ड्युटीमा पनि नखटाएको भन्दै निर्वाचन प्रहरीहरूले विरोध गरेपछि घटना बाहिरिएको थियो ।






प्रतिक्रिया