अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको सचिवालय बैठक जारी, बालेन अनुपस्थित, रवि घरैबाट भर्चुअल रुपमा सहभागी

रास्वपाको सचिवालय बैठक जारी, बालेन अनुपस्थित, रवि घरैबाट भर्चुअल रुपमा सहभागी


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक अहिले काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ।

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेको रास्वपाले महत्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाएको हो। तर, आजको सचिवालय बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह दुवै सहभागी भएका छैनन्। 

सभापति लामिछाने बिरामी परेका कारण घरबाटै भर्चुअल माध्यममार्फत बैठकमा सहभागी भएको जनाइएको छ। वरिष्ठ नेता बालेन भने भर्चुअल माध्यमबाट पनि बैठकमा जोडिएका छैनन्।

रास्वपाले नेता बालेनलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ। अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता बनाउने र त्यसपछि मात्रै उनी पार्टीका औपचारिक बैठकहरुमा सहभागी हुने बताइएको छ। 

रास्वपाको आजको बैठकले समानुपातिक तर्फबाट सांसद बन्नेहरुको टुंगो लगाउने छ।