काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास गुण्डु पुग्नुभएको छ। पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री कार्की श्रीमान् दुर्गानाथ सुवेदीलाई समेत साथमा लिएर ओलीनिवास पुग्नुभएको हाे।
त्यस क्रममा प्रधानमन्त्री कार्कीले दिवंगत अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पणसहित श्रद्धाञ्जली दिनुभयाे ।
प्रधानमन्त्री कार्कीले शोकमा रहेको ओली परिवारप्रति समवेदना प्रकट गर्नुभयो।
केपी ओलीका पिताको ९७ वर्षको उमेरमा २०८२ फागुन २९ गते शुक्रबार भक्तपुरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।










प्रतिक्रिया